Breaking News

भारतको मुम्बईमा एकै परिवारका ८ नेपालीमा कोरोना संक्रमण

Banner

दिल्ली,चैत २९-

भारतको मुम्बईमा एकै परिवारका आठजना नेपालीमा कोरोना संक्रमण देखिएको छ। भारतमा कोरोना संक्रमित हुने नेपालीको संख्या १२ पुगेको छ। मुम्बईको गिरगाउँ चौपाटीमा रोजगारी गरेर बस्दै आएका अछाम घर भएका एक नेपाली परिवारका आठ जनामा कोभिड–१९ को संक्रमण देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

एकै परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमती र चार बालबालिकामा कोरोना संक्रमण देखिएको हो। संक्रमितमध्ये केहीको मुम्बईकै कस्तुरवा अस्पताल उपचार भइरहेको छ। केही आइसोलेसनमा छन्। तर, उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>