Breaking News
कोभिड-१९ सँग जुध्न प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच आज भिडिओ कन्फ्रेन्स
०

काठमाडौँ, चैत २९-
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फ्रेन्स गर्ने भएका छन् । कोभिड-१९ सँग जुध्न अन्तरप्रदेश र संघसँगको समन्वय पनि भिडिओ कन्फ्रेन्सको मुख्य एजेण्डा रहेको छ ।
समसामयिक विषयमा ११ बजे मुख्यमन्त्रीहरू सँग छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । मुख्यमन्त्रीहरूले कोरोना भाइरस संक्रमणबाट बच्न प्रदेश सरकारले गरिरहेका कामको रिपोर्टिङ गर्नेछन् ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन ११ चैतदेखि जारी लकडाउन दोस्रो पटक अवधि बढाएर ३ वैशाखसम्म लम्ब्याइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























