Breaking News
अमेरिकामा कोरोनाबाट एकैदिन २ हजारको मृत्यु, संक्रमित ५ लाख नाघ्यो

एजेन्सी,चैत २९-
कोरोना महामारीको नयाँ केन्द्र संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गएको छ । शुक्रबार अमेरिकामा एकैदिन हालसम्मकै सर्वाधिक २ हजारभन्दा बढीको मृत्यु भएको छ ।यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसका कारण १८ हजार ७१९ जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये पछिल्लो २४ घण्टा (शुक्रबार)) मात्र २ हजार ३७ जनाको मृत्यु कोरोनाका कारण भएको हो । साथै २७ हजार २३९ जना भने पूर्ण रूपमा निको समेत भइसकेका छन् ।
अमेरिकामा कोरोना भाइरसका कुल संक्रमित ५ लाख २ हजार ४९ पुगेको छ । जसमध्ये ३३ हजार ४८३ जना नयाँ संक्रमित शुक्रबार मात्र फेला परेका हुन् ।
बिहीबार अमेरिकामा एकैदिन कोरोनाबाट मर्नेको संख्या १९ सय थियो । पछिल्ला तीन दिनमा लगातार प्रतिदिन १९ सयमा कोरोनाबाट मृत्यु हुँदै आएको थियो । तर शुक्रबार यो संख्या बढेर २ हजार नाघेको हो । बिहीबार पनि नयाँ संक्रमितको संख्या ३३ हजार ५३६ ले बढेको थियो ।
























