Breaking News

ओली र मोदीबीचकाे टेलिफोन संवादमा के भयो कुराकानी ?

Banner

काठमाडौँ, चैत २८-

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा आफूहरु सहमत भएको ट्विटमार्फत जानकारी दिएका छन् ।

लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिइएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न समेत दुई प्रधानमन्त्रीबीच कुराकानी भएको छ ।भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि ओलीले मोदीलाई धन्यवाद पनि दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>