Breaking News
कोरोना अपडेटः मृत्यु हुनेको संख्या झण्डै ९६ हजार
०

एजेन्सी,चैत २८-
कोरोना भाइरस (कोभिड १९) को स्रंक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै ९६ हजार पुगेको छ । बितेको २४ घण्टामा सात हजार १ सय ९७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ हजार ६ सय ५७ पुगेको छ ।
सबैभन्दा धेरै प्रभावित मुलुक इटालीमा १८ हजार २ सय ७९ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै त्यहाँ ६ सय १० जनाको मृत्यु भएको छ ।
यस्तै संक्रमितको संख्याका हिसाबले सबैभन्दा धेरै प्रभावित अमेरिकामा बितेको २४ घण्टामा १८ सय ७२ जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























