मकवानपुर

कोरोना रोकथाम कोषमा बागमती प्रदेशका मुख्यमन्त्री ,मन्त्री र कर्मचारीको सहयोग रकम जम्मा

Banner

हेटौंडा,चैत २७-

प्रदेश सरकारले स्थापना गरेको बागमती प्रदेश कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सहयोग रकम जम्मा गरेको छ । कार्यालयले कोषको लागि मुख्यमन्त्री एबम सम्पुर्ण मन्त्रीहरु, प्रमुख राजनीतिक सल्लाहकार र सचिवालयका कर्मचारी तथा कार्यलयका कर्मचारीहरुबाट ७ लाख ६४ हजार ७७ रुपैयाँ बिहिबार कोषको खातामा जम्मा गरेको हो ।

मुख्यमन्त्री एबम सम्पुर्ण मन्त्रीहरु, प्रमुख राजनीतिक सल्लाहकार र साथै मुख्य मन्त्री एबम मन्त्रीका स्वकिय सचिवहरु सचिवालयका कर्मचारीको तर्फबाट ५ लाख ९० हजार २ सय ३३ रुपैया, कार्यलयका कर्मचारीहरुको तर्फबाट १ लाख ७३ हजार ८ सय ४४ रुपैयाँ जम्मा गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका लेखा अधिकृत देबिप्रसाद गौतमले जानकारी दिनुभयो ।

यसअघि मुख्यमन्त्री, मन्त्री तथा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारहरुको एक महिनाको सुविधावापतको रकम र कर्मचारीको पद अनुसार ३,५ र ७ दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको थियो । कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १३००५०३०००००२ मा रकम जम्मा गर्न सकिने लेखा अधिकृत गौतमले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>