बजार

एनसेल मोबाइलमा ब्यालेन्स सक्यो ? यसरी गर्नुस् अनलाइनबाट सजिलै रिचार्ज

Banner

काठमाडौं, चैत २६–

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले लकडाउन गरेपछि अहिले सबै मानिस घरभित्रै छन् । यस्तो अवस्थामा एनसेल मोबाइलमा ब्यालेन्स सकिएपछि कसरी रिचार्ज गर्ने भन्ने समस्यालाई एनसेलले सम्बोधन गरेको छ ।

एनसेलले ग्राहकलाई सजिलै आफ्नो वेबसाइट मार्फत ब्यालेन्स रिचार्ज गर्न सकिने सुविधा दिदै आएको छ । अहिलेको अवस्थामा यो प्रक्रिया मार्फत रिचार्ज गरी आफ्नो सेवाहरु सुचारु राख्न सकिन्छ । यसमा घर बाहिर गएर रिचार्ज कार्ड किन्न पर्ने झन्झट छैंन र एनसेलले हाल दिदै आएको बोनस ब्यालेन्सको पनि फाइदा पाइन्छ ।

आजकल प्राय सबैसँग बैंकको डेबिट कार्ड हुन्छ । सोही कार्डको प्रयोग गरी आफ्नो आवश्यकता अनुसार रिचार्ज गर्न वा आफूले चाहेको अन्य कुनै एनसेल नम्बरमा रिचार्ज गरि दिन सकिन्छ । यसरी रिचार्ज गर्नका लागि तपाँईले तल उल्लेखित प्रक्रिया क्रमैसँग अपनाउनु पर्दछ ।

१ं सबैभन्दा पहिला तपाँई एनसेलको वेबसाइट https://www.ncell.axiata.com/ मा जानुहोस् । त्यहाँ तपाँईले अनलाइन रिचार्ज गर्नका लागि तल रिचार्ज अनलाइन भन्ने अप्सन पाउनु हुनेछ त्यसमा ट्याप/क्लिक गर्नुहोस् ।

२ं त्यसमा ट्याप गरिसकेपछि नयाँ पेज https://payment.ncell.axiata.com/ खुल्दछ । यो पेजमा तर्पाइँले डेबिट/क्रेडिट कार्ड रिचार्जको अप्सन पाउनु हुनेछ । अब तपाँईले आफ्नो मोबाइल नम्बर राखेर रिचार्ज गर्न चाहेको रकम ट्याप गर्नुहोस् । त्यसपछि I am not a robot भन्नेमा टिक गरी कन्टिन्यू पेमेन्टमा ट्याप गर्नुहोस्।

३. अब तपाँईलाई रिचार्ज गर्न लागिएको मोबाइल नम्बर र रकम देखाउँछ । यसमा कुनै फेरबदल गर्नु आवश्यक नभए प्रोसिडटुपेमा ट्याप गर्नुहोस् ।

४. यसरी पेमेन्ट प्रोसेस गरेपछि अब एउटा नयाँ पेज खुल्छ र यसमा तपाँईले आफ्नो कार्ड नम्बर, कार्डभ्यालिड रहने महिना/वर्ष, कार्डमा उल्लेख भएको तपाँईको पुरा नाम, कार्डको सीभीभी (कार्डको पछाडी भागमा हुने नम्बर) र आफुले चलाउँदै आएको इमेल ठेगाना भर्नुहोस् र ओकेमा ट्याप गर्नुहोस् ।

५. अब वन टाइम पासवर्ड (ओटीपी) राख्नका लागि जानकारी दिदै नयाँ पेज खुल्छ । यहाँ अब तपाँईले माथि दिएको इमेलमा आएको ओटीपी नम्बरइन्टर ओटीपी हीयर भनेको स्थानमा भर्नुहोस् र सब मिटमा ट्याप गर्नुहोस् ।

६. अन्त्यमा ओटीपी कोड राखेर सबमीट गरिसकेपछि सो प्रक्रिया समाप्त भएको जानकारी सहित ‘सक्सेस’ देखाउँछ र तपाँईको रिचार्ज गरिएको रकम, मोबाइल नम्बर र कारोबार आईडी समेत त्यसमा उल्लेख गरिएको हुन्छ ।

यति गरेपछि तपाँईको मोबाइलमा ब्यालेन्स रिचार्ज भएको जानकारी आउँछ । एनसेल वेबसाइट बाहेक एनसेल एप र अन्य अनलाइन माध्यमहरु जस्तै इ–सेवा, खल्ती, आइएमइपे र प्रभुपेबाट पनि ब्यालेन्स रिचार्ज गर्न सकिन्छ । अहिले लकडाउनको अवस्थामा एनसेलले प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस पनि दिदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>