Breaking News

ड्युटी नगर्ने लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना डाक्टर बर्खास्त

Banner

बुटवल,चैत २६-

कोरोना भाइरसको संक्रमण फैलिएको चुनौतीपूर्ण परिस्थितिमा ड्युटीमा हाजिर नभएको भन्दै ५ नम्बर प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सकलाई बर्खास्त गरेको छ ।

प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालको ठाडो आदेशमा प्रादेशिक अस्पतालले ५ जना चिकित्सकहरुलाई बर्खास्त गरेको हो ।

बर्खास्त हुने चिकित्सकहरुमा ईएनटी विभागका डा प्रकाश न्यौपाने, युरो सर्जन डा सुवासचन्द्र चौधरी, आकस्मिक विभागकी डा. प्रकृति कार्की एवम् रेडियोलोजी विभागका डा बरदान वली र डा ताराप्रसाद शर्मा छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले पाँच जना चिकित्सकहरुलाई बर्खास्त गरिएको पुष्टि गरे । मेसु डा खनालका अनुसार बर्खास्तीमा परेका पाँचै जना चिकित्सक करार सेवामा कार्यरत थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>