Breaking News

भारतमा भयाबह बन्दै कोरोना, एक सातामै संक्रमितको संख्या दोब्बर पुग्यो

Banner

भारत, चैत २६–

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या दिनप्रति दिन बढ्न थालेको छ । मंगलबारसम्ममा भारतमा ४ हजार सात सय ८९ जना कोरोना संक्रमित पुगेका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मृतकको संख्या १२४ पुगेको छ र उपचारपछि तीन सय ५२ जना निको भएका छन् ।

भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार पछिल्लो एक हप्तामा भारतमा संक्रमितको संख्या दोब्बर बढेको छ । भारतमा अप्रिल २ तारेखसम्म संक्रमितको संख्या २५ सय ८० रहेको थियो ।

मंगलबार महाराष्ट्रमा मात्र एक सय ५० जना संक्रमित भेटिएका छन् । यो एउटै राज्यमा एक दिनमा संक्रमित हुनेको सबैभन्दा बढी हो । यहाँ संक्रमितको संख्या करिब एक हजार पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>