चितवन विशेष

दीपज्योति सहकारीले ऋणीहरुलाई व्याजमा १० प्रतिशत छुट दिने

०
Banner

चितवन, चैत २५–

दीपज्योति अभिबृद्धि बचत तथा ऋण सहकारी संस्था भरतपुले चैत्र मसान्तमा व्याज बुझाउने सदस्यहरुलाई व्याजको १० प्रतिशत छुट दिने भएको छ । सरकारले बैंकहरुलाई छुट दिन भनेपछि सहकारीले पनि सोही अनुसारको छुट दिने भएको हो ।

सहकारीका अध्यक्ष भोला शिवाकोटीले लकडाउनको अवस्थामा किस्ता र व्याज तिर्न दवाव नदिईने तर व्याज तिर्नेलाई व्याजको १० प्रतिशत छुट दिने निर्णय गरिएको बताउनुभयो । उहाँले कार्यालय पूर्ण समय सञ्चालन नभए पनि शेयर सदस्यहरुको कुनै पनि समस्या नहुने गरी व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।

सहकारीमा ३ हजार ३१३ सदस्य रहेका छन् । सहकारीका प्रमुख कार्यकारी प्रबन्धक उमेश पौडेलका अनुसार सहकारीमा निक्षेप ३४ करोड र शेयर पूँजी ५ करोड २३ लाख रहेको छ । सहकारीका ८०५ जना सदस्यलाई ३४ करोड रुपैयाँ लगानी गरिएको उहाँले जानकारी दिनुभयो ।
भरतपुरको वाईपास रोडमा मुख्य कार्यालय रहेको यस सहकारीले भरतपुर १० को पुरानो सिनर्जी रोड, भरतपुर ११ को गोर्खाली टोल र टाँडीको भानुचोकबाट सेवा दिंदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>