चितवन विशेष

भरतपुर अस्पतालले फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेर मनायो बार्षिकोत्सब

Banner

चितवन,चैत २५-

भरतपुर अस्पतालको ५७ औं बार्षिकोत्सब अस्पतालको आधिकारीक धारणा फेसबुक पेजबाट प्रत्येक्ष प्रसारण मार्फत सार्बजनीक गरेर आज मनाईएको छ । संघिय अस्पताल बनेर बिकास समितिले समेत पूर्णता पाएको अबस्थामा बिगतको भन्दा बिशेष कार्यक्रम गर्ने तयारी गरिएको भए पनि कोरोना संक्रमणका कारण प्रत्यक्ष प्रसारण मार्फत अस्पतालका धारणा सार्बजनीक गरि बार्षिकोत्सब मनाईएको हो ।

सो अबसरमा अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पताललाई मेडीकल कलेजको रुपमा बिकास गरिने बताउनुभयो । उहाँले भन्नुभयो “अस्पताललाई स्तरोन्नती गरि एक हजार शैयाको बनाएर मेडीकल कलेजको रुपमा बिकास गरिने छ ।”अस्पतालमा कार्यरत अस्थायी, ज्यालादारी कर्मचारीहरुको उचित व्यवस्थापन गरिने उहाँले बताउनुभयो । केन्द्रीय अस्पताल भएकाले यस क्षेत्रको स्वास्थ्य संस्थाहरुको अभिभावकत्व ग्रहणगर्दै आम नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने कार्यमा कटिबद्ध हुने बताउनुभयो ।
सो अबसरमा अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले गत सात महिनामा बहिरंग सेवामा २ लाख २० हजार बिरामीलाई सेवा दिईएको, आकस्मिक कक्षमा ३० हजार ८ सय ३३ जनाको उपचार गरिएको र २ हजार २ सय ५१ जनाले भर्ना भएर सेवा लिएको बताउनुभयो । देशैभरका बिरामी आउने गरेको भए पनि चितवन सहित १९ जिल्लाका बिरामीको संख्या धेरै रहेको उहाँको भनाई थियो ।

तिवारीले गुरुयोजना अनुसार काम गर्नुपर्ने, स्रोत साधनको उचित व्यवस्थापन गर्नु पर्ने, करार, अस्थाई कर्मचारीको व्यवस्थापन गनुपर्ने , बिशेषज्ञ सेवाकका लागि छुट्टाछुट्टै भवनहरु बनाउनु पर्ने जिम्मेवारी आँफुहरुसंग रहेको जानकारी दिनुभयो । उहाँले अस्पतालका भवनहरुको रंग रोगन यसै बर्ष गर्ने योजना रहेको बताउनुभयो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बि.सं २०१३ सालमा सामान्य स्वास्थ्य केन्द्रबाट सुरु भएको अस्पताल केन्द्रीय अस्पताल सम्म आई पुगेको हो । अस्पतालको बार्षिकोत्सबमा पूर्ब प्रधानमन्त्री, स्वास्थ्यमन्त्री जस्ता पाहुनाहरु बेलाएर चिकित्सक, कर्मचारीलाई सम्मान, पुरस्कृत गर्ने,स्मारीका प्रकाशित गर्ने जस्ता गतिबिधिहरु हुने भए पनि कोरोना संक्रमणका कारण यस वर्ष फेसबुकबाट प्रत्यक्ष प्रसारण गरि बार्षिकोत्सब मनाईएको उहाँले जानकारी दिनुभयो । यतिवेला अस्पताल कोरोना रोगको नियन्त्रण र उपचारको तयारीमा जुटीरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>