Breaking News
भारतमा कोरोनाले एकै दिन २८ जनाको मृत्यु, ७०४ मा संक्रमण

एजेन्सी,चैत २५-
भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बिस्तार भएको छ। सोमबार एकै दिन नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट भारतमा २८ जनाको मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मनत्रालयले जनाएको छ ।
योसँगै मृत्यु हुनेको संख्या १११ पुगेको छ। यस्तै सोमबार थप ७०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।योसँगै कुल संक्रमितको संख्या चार हजार २८१ पुगेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३१८ जना संक्रमित स्वस्थ भएर घर फर्किएका छन् ।
भारतमा अहिलेसम्म एक लाख एक हजार भन्दा बढीको परीक्षण सम्पन्न भउको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जनाएको छ । सोमबार महाराष्ट्रमा कोरोना भाइरसका १२० नयाँ संक्रमित पुष्टि भएका हुन् । राज्यमा कुल संक्रमितको संख्या ८६८ पुगेको छ। यस्तै सोमबार महाराष्ट्रमा सातजनाको मृत्यु भएसँगै राज्यमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
यस्तै राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमितको संख्या ५२५ पुगेको छ र अहिलेसम्म सातजनाको मृत्यु भएको छ ।
























