Breaking News
प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने
०

काठमाडौं,चैत २५-
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे जानकारी दिनेछन् ।
प्रधानमन्त्री ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने जनाइए पनि समय भने तय नभएको स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्रीले हिजो देशवासीका नाममा सम्बोधन गर्ने बताइएको थियो। लक डाउन जारी हुनुअघि प्रधानमन्त्री ओलीले चैत ७ गते देश देशवासीलाई सम्बोधन गरेका थिए ।
कोरोना कारण मुलुकमा लकडाउन गरिएसँगै सरकारले प्रत्यक्ष असर पुर्याएकाहरुलाई राहतको प्याकेजको पनि घोषणा गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























