Breaking News

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री आइसियूमा, स्वास्थ्य अवस्था ‘गम्भीर

Banner

एजेन्सी,चैत २५-

कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सघन उपचार कक्ष (आइसियू) मा सारिएको छ । कोरोना भाइरसका लक्षणहरु थप सघन बन्दै गएको र स्वास्थ्य अवस्था गम्भीर देखिएपछि प्रधानमन्त्री जोन्सनलाई आइसियूमा सारिएको उनको कार्यालयले जनाएको छ ।

जोन्सनको मेडिकल टिमको सहल्लाहमा उनलाई आइसियूमा सारिएको प्रवक्ताले बताएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । आफ्नो अनुपस्थितिमा सरकारका अत्यावश्यक कामहरु गर्नका लागि प्रधानमन्त्री जोन्सनले विदेश मन्त्री डोमिनक राबलाई जिम्मेवारी दिएको ती प्रवक्ताले बताएका छन् ।

५५ वर्षका जोन्सनलाई आइतबार बेलुका लण्डनको अस्पतालमा भर्ना गरिएको छ । कोरोना भाइरसका लक्षणहरु कम नभएपछि उनीलाई अस्पताल लगिएको थियो । तर स्वास्थ्य अवस्था थप कमजोर बनेपछि उनलाई आइसियूमा सारिएको हो । मार्च २७ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री जोन्सन सेल्फ आइसोलेसनमा थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>