चितवन विशेष
स्वास्थ्य मन्त्रालयले भन्योः चितवनमा कोरोना परीक्षण भोलि (आइतबार)देखि

चितवन, चैत २२–
स्वाथ्य तथा जनसंख्या मन्त्रालयले भोलि (आइतबार)देखि चितवनमा कोरोना भाइरस (कोभिड–१९)को नमुना परीक्षण हुने जनाएको छ ।
मन्त्रालयद्धारा आज गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले प्रयोगशाला निर्माणको तयारी अन्तिम चरणमा पुगेकोले आइतबारदेखि परीक्षण हुने जानकारी दिए । उनले भने–‘सरकारले कोरोना परीक्षण विस्तारलाई तिव्रता दिएको छ, चितवन र बुटवलको तयारी अन्तिम चरणमा छ, आइतबारदेखि परीक्षण हुन्छ ।
चितवनको भरतपुरस्थित राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला भवनमा कोरोना परीक्षण प्रयोगशाला (ल्याब) स्थापना गरिएको छ । शुक्रबार विहानैदेखि ल्याब संचालनको तयारी तयारी भइरहेको छ । शनिबार साँझसम्म पनि प्रयोग संचालनका लागि कामहरु भइरहेका छन् । आइतबारदेखि नमुना परीक्षण गर्ने तयारी भइरहेको छ ।
सरकारले जनकपुर, हेटौँडा, धरान, पोखरा, धनगढी र सुर्खेतबाट यसअघि नै परीक्षण सुरु गरेको थियो ।
























