Breaking News
कोरोनाको गम्भिर मोडमा नेपाल, पहिलोपटक एक व्यक्तिबाट अर्कोमा सरेको पुष्टि
०

काठमाडौं, चैत २२–
नेपालमा अन्य देशको तुलनामा संक्रमितको संख्या हेर्दा निकै सामान्य देखिन्थ्यो । त्यो पनि संक्रमित सबै विदेशबाट आएका व्यक्तिहरुमा मात्र थियो । यसलाइ पहिलो फेजको रुपमा लिइन्थ्यो । तर अब भने सचेत हुने बेला आएको छ । किनकी पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण सरेको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कैलालीकी ३४ वर्षीया स्थानीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित महिला यसअघि विदेशबाट आएका संक्रमित भेटिएका पुरुषको आफन्त समेत हुन् । ती महिलाबाट पनि कति जनामा संक्रमण स¥यो भन्ने एकिन छैन । अब सरकार गम्भिर रुपमा अनुसन्धान गरी कोरोना परीक्षणको मात्रालाई बढाउनु पर्ने देखिएको छ । जो भारतबाट आएका छन् उनीहरु सबैको स्वाब संकलन गरि कोरोना परीक्षण गर्नुपर्ने देखिन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























