Breaking News

अमेरिकामा एकै दिन ११ सय ६९ जनाको मृत्यु

Banner

एजेन्सी,चैत २१-

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण बिहीबार एकै दिन ११ सय ६९ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भए यता कुनै पनि देशमा एकै दिनमा कोभिड–१९ बाट मृत्युको यो संख्या सबैभन्दा धेरै हो । यसअघि मार्च २७ मा इटालीमा ९६९ जनाको कोभिड–१९ बाट मृत्यु भएको थियो ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण पाँच हजार ९२६ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या दुई लाख ४५ हजार भन्दा धेरै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>