Breaking News

छैटौँ संक्रमित कतार एयर चढेर फर्केकी बाग्लुङकै महिला

Banner

काठमाडौँ,चैत २०-

नेपालमा पुष्टि भएको छैँटौँ संक्रमित कतार एयरवेजको चैत ४ गतेको उडानमै काठमाडौँ फर्किएकी थिइन्। उनी बाग्लुङमै उपचारका क्रममा रहेको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ। बाग्लुङबाट स्वाब परीक्षणका लागि टेकु ल्याइएको थियो।

टेकुस्थित प्रयोगशालामा बिहीबार गरिएको परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

कतार एयरवेजको क्युआर ६५२ बाट नेपाल आएकी ती युवती बाग्लुङमा यसअघि कोरोना संक्रमण देखिएको युवती चढेकै जहाजमा नेपाल आएकी हुन्। योसँग नेपालमा कोरोना संक्रमितको संख्या छ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>