Breaking News

सीमामा अलपत्र परेका नेपालीबारे सर्वोच्चले अन्तरिम आदेश जारी गर्न मानेन

Banner

काठमाडौं, २० चैत–

नेपाल भारत सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिइनुपर्ने मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश जारी गर्न ‘अस्वीकार’ गरेको छ ।

अधिवक्ता मनिष श्रेष्ठ, रामदत्त ओझा, मणिराम उपाध्याय, देवीकुमारी जोशी, दीपकराज जोशी र कीर्तिनाथ शर्माले दायर गरेको रिटमाथि बिहीबार सुनुवाई गर्दै सर्वोच्चले तत्काल अन्तरिम आदेश जारी गर्न नमानेको हो ।

यद्यपि सोही प्रकृतिको अर्को रिटमाथि अन्तरिम आदेश छलफलको पेशी तोकिएको अवस्थामा अधिवक्ता श्रेष्ठलगायतले दायर गरेको रिटलाई पनि समावेश गर्न सर्वोच्चले आदेश जारी गरेको छ ।

यसअघि अधिवक्ता मिना खड्का समेतले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीले चैत २४ गते अन्तरिम आदेश छलफलमा झिकाउन आदेश जारी गरेको थियो ।

बिहीबार न्यायाधीश हरिकृष्ण कार्कीको इजलाशले पनि अधिवक्ता श्रेष्ठसहितले दायर गरेको रिटमाथि पनि सोही दिन छलफल हुने गरी दुवै निवेदनलाई संयुक्त रुपमा पेश गर्न आदेश दिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>