Breaking News

कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि चार जनाको प्राविधिक टोली भरतपुरमा

Banner

चितवन,चैत २०-

कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण प्रयोगशाला (ल्याब) चितवनमा स्थापनाका लागि स्थलगत निरिक्षण गर्न प्राविधिक टोली चितवन आएको छ । टोलीले आज (बिहिबार) ल्याब स्थापनाका लागि उचित स्थानको छनोट गर्ने छ । प्राविधिक टोलीमा नेपाल स्वास्थ्य व्यवसायीक परिषदका रजिष्टार पुष्प राज खनाल, प्रा.डा गिरी राज त्रिपाठी, बिमलेश झा, सुलभ आचार्य रहनुभएको छ ।

ल्याब कहाँ स्थापना गर्ने बारे उपयुक्त स्थानको छनोट आजै गरिने नेपाल स्वास्थ्य व्यवसायीक परिषदका रजिष्टार पुष्प राज खनालले जानकारी दिनुभयो । उहाँले ल्याब स्थापनाका लागि प्राविधिकका तर्फबाट गरिने सम्पूर्ण सहयोग गरिने जानकारी दिनुभयो ।

प्राविधिक टोलीले आज नै जिल्लाका चिकित्सक र जनप्रतिनिधिसंग भरतपुर महानगरपालिकामा छलफल गरेको छ । ल्याब स्थापनाका लागि आजै उपयुक्त स्थानको छनोट गर्ने र जति सक्दो छिटो ल्याब स्थापना गर्ने बिषयमा छलफल भएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । उहाँले सकेसम्म भरतपुर अस्पतालमा ल्याब स्थापनाका लागि अनुरोध गरिएको बताउनुभयो ।

चितवनमा ल्याब स्थापना गर्नुपर्ने चौतर्फी दबाब बढेपछि यसअघि प्रयोगशाला स्थापनाका लागि भरतपुर महानगरपालिकाको नेतृत्वमा पशुपंक्षी प्रयोगशाला, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको प्रयोगशाला, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशाला निरीक्षण गरिएको थियो ।

सो छलफलमा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल,प्रदेश सभा सदस्य विजय सुवेदी,भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा.भोजराज अधिकारी,चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपाने लगाएतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>