Breaking News

ट्रम्पको कठोर सन्देश – कोरोना भाइरसको संक्रमणका कारण २ लाख ४० हजार अमेरिकीको मृत्यु हुन्छ

Banner

एजेन्सी, चैत १८-

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी दुई हप्ता थप पीडादायी र कठिन हुने चेतावनी दिँदै अत्यधिक सावधानी अपनाउँदा पनि कोरोना भाइरसको संक्रमणका कारण एक लाखदेखि २ लाख ४० हजार अमेरिकीको मृत्यु हुने बताएका छन् ।

अमेरिकामा हालसम्म १ लाख ८८ हजार ५ सय २४ जना कोरोनाभाइरसले संक्रमित छन् जसमध्ये ४ हजार ५ सय ७६ को अवस्था गम्भीर बताइएको छ । यहाँ मृत्यु हुनेको संख्या ३ हजार ८ सय ८९ पुगिसकेको छ ।

कोरोनालाई आफ्नो देशले निकै सजिलै पराजित गर्न सक्छ भनेर बयान दिँदै आएका ट्रम्पको यो कठोर सन्देश हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफ्ना नागरिकलाई भयावह दिन अझै देख्न बाँकी भएको चेतावनी दिएका छन् ।

‘म प्रत्येक नागरिकलाई थप कठोर दिनका लागि तयार रहन अपिल गर्दछु । आगामी दुई हप्ता हाम्रो लागि असाध्यै गाह्रो समय हुनेछ,’ उनले भने ।

उनले थपे, ‘यो अदृश्य दुश्मनका कारण मानिसहरुको मृत्यु भइरहेको देख्दा असाध्यै धेरै पीडा भइरहेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>