Breaking News

भारतमा कोरोना संक्रमण बढ्दो, ४० को मृत्यु,१३ सय संक्रमित

Banner

चितवन,चैत १८-

भारतमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलदै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या ४० पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यस्तै थप ८३ जनामा संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुनेको संख्या १३ सय ३४ पुगेको छ । अहिलेसम्म उपचारपछि १ सय ४० जना निको भएर घर फर्किएको भारतीय स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>