Breaking News

सिएमसीलाई कोरोना विशेष अस्पताल बनाउन तयार छौंः प्रवन्ध निर्देशक न्यौपाने (भिडियो अन्तरवार्ता)

Banner

कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासले अहिले देश लकडाउनको अवस्थामा छ । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले विभिन्न तयारीहरु गरिरहेको छ । तर कोरोनाका आशंका गरिएका बिरामीहरुले उपचार पाउन सकिरहेका छैनन् । सरकार र निजी अस्पतालहरुबीच एकले अर्काले दोषारोपण गरिरहेका छन् । चिकित्सकहरुले व्यक्तिगत सुरक्षा बिना नै उपचार मात्र गर्न भनेका कारण कठिनाइ भइरहेको बताउँदै आइरहेका छन् । यसैसन्दर्भमा रहेर चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेसंग कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

१.विश्वभर कोरोना भाइरस माहामारीको रुपमा फैलिरहेको बेला सरकारले निजी अस्पतालहरुले भनेजस्तो काम गरेनन् भने गुनासो गरेको छ नि, किन त्यस्तो भयो ?

–यो माहामारीको बेला सरकारी र निजी भनेर छुट्याउनु हुँदैन । सरकारले यस्तो सोच्नु भएन । हामीले सरकारी तवर अनुरुप नै अगाडि बढि रहेका छौं । हामीले सकेका जति गरेका छौं, बिरामीको उपचार गरिरहेका छौं ।

२.देश संकटको बेला निजी अस्पतालहरु भाग्न खोज्यो भन्ने आरोप छ नि ?

–त्यो मित्थ्या आरोप हो । यो आरोपलाई मैले १०० प्रतिशत खण्डन गर्छु । म हाम्रो मात्र होइन, समग्र निजी अस्पतालहरुको कुरा गर्छु, कुनै पनि निजी अस्पतालहरुले म बिरामी हेर्दिन, उपचार गर्नु हुँदैन भन्नु चाहीँ सरासर गलत हो । त्यो हो भने साच्चिकै कारवाहीको भागिदार हुनुपर्छ । तर हामीले सरकारले भने अनुरुप नै फिबर क्लिनिक पनि चलाएका छौं । आइसोलेसन वार्ड पनि बनाएका छौं । हामी जहिल्यै पनि भन्दै आएका छौं, आज पनि म भन्छु आज कुनै पनि बेला सरकारलाई चाहियो भने होल मेडिकल कलेज सरकारलाई दिएर सरकारले आइसोलेसन बनाए र चलाओस्, कोरोनाका लागि केयर गरोस्, जनताले दुःख नपाउन् ।

३.अन्य देशमा सरकारले निजी अस्पतालहरुलाई राष्ट्रियकरण गरिरहेको कुरा आइरहेको छ, यहाँ के हुन सक्छ ?

–सरकारले पहिले कुरा नीति बनाउनु पर्‍यो । यदि कसैले मानेनन् सरकारले राष्ट्रियकरण गरेर भए पनि अगाडि बढ्नु प¥यो । राष्ट्रियकरण गर्न सरकारले नीति बनायो भने त्यो अवलम्बन गरेर हामी अगाडि बढ्न तयार छौं ।

४.राष्ट्रियकरणका लागि तपाईहरु तयार हुनुहुन्छ ?

–सरकारले राष्ट्रियकरण नगरे पनि यदि सरकारलाई चाहियो भने पनि आजको दिनमा म चितवन मेडिकल कलेज सबै दिन तयार छु ।

५.जुनमा अहिले भइरहेको तयारीले कोरोनाको माहामारीबाट बच्न सकिएला ?

–हामी डब्लुएचओले भने अनुरुप दुरी कायम गराउन सक्यौं भने कोरोना रोक्न सक्छौं । हामी चितवनको हकमा डेडिकेटेड हस्पिटलको आवश्यकतालाई महसुस गरेर हामी सबै मिलेर कोरोना विशेष अस्थायी अस्पताल बनायौं । अहिले यस्तो भयो उस्तो भयो भनेर भन्ने बेला छैन, जे भनेको छ राम्रो बनेको छ, बाँचियो भने राजनीति गरौंला अहिले त्यस्तो कसैले नगरौं । कोरोना अस्पताल बनाउन २० बेड त हामीले नै दियौं । सबै मिलेर लड्नुको विकल्प छैन । अब अस्थायी कोरोना अस्पतालले मात्र प्रयाप्त छैन, यदि सरकारलाई चाहिएमा हामी सबै अस्पताल खाली गरेर कोरोना विशेष अस्पताल बनाउन तयार छौं । अरुबाट पनि स्वतःरुपमा यस्ता कुराहरु आउनु पर्‍यो ।

प्रा.डा.हरिशचन्द्र न्यौपानेसंगको पुरा भिडियो अन्तरवार्ता हेर्नुहोस्ः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>