Breaking News
लकडाउनमा नागरिकलाई निर्ममतापूर्वक कुट्ने प्रहरी हवल्दार निलम्बन
०

काठमाडौं,चैत १८-
लकडाउनको समयमा दैनिक उपभोग्यको सामाग्री किनेर आएका दुई जना सर्वसाधारणलाई कुटपिट गर्ने सशस्त्र प्रहरीका हबल्दारलाई निलम्बन गरिएको छ। सोमबार दुईजनालाई व्यक्तिलाई सशस्त्र प्रहरीले निर्ममता पूर्वक कुटेको भिडियो सार्वजनिक भएपछि नेपाल बिओपि रामनगर सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार मनोज चौधरीलाई निलम्बन गरिएको हो।
कोरोना भाइरसको महामारीका कारण लकडाउन रहेको अवस्थामा खाद्य खरीद गर्ने सर्वसाधारणलाई कुटने चौधरीलाई निलम्बन गरी आवश्यक कारवाही प्रकृया अगाडी बढाएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ। कोरोनाको महामारी रोकथामको लागि खटिरहेका सशस्त्र प्रहरीबल सदैव देशको र देशवासीको सुरक्षाको लागि खटेकोले गलत गर्नेलाई कारवाही गरेको सशस्त्र प्रहरी बलले जनाएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























