Breaking News

कोरोना संक्रमण नियन्त्रणमा खटिने प्रहरीलाई ५० प्रतिशत दैनिक भत्ता

Banner

काठमाडौं,चैत १८-

सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणमा खटिने प्रहरीलाई ५० प्रतिशत दैनिक भत्ता दिने तयारी गरेको छ ।प्रहरी प्रधान कार्यालयको आग्रहमा गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका लागि प्रत्यक्ष खटिने प्रहरी कर्मचारीलाई तलबको आधा अर्थात् ५० प्रतिशत अतिरिक्त भत्ता दिने तयारी गरेको हो । नेपाल प्रहरीको एकतिहाइभन्दा बढी अर्थात् करिब ३० हजार जनशक्ति हाल कोरोना संक्रमण नियन्त्रणका लागि प्रत्यक्ष रूपमा फिल्डमा खटिएका छन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका आइजिपी ठाकुरप्रसाद ज्ञवाली तथा प्रहरी उच्च अधिकारीबीच आइतबार भएको छलफलमा सुरक्षाकर्मीलाई समेत दैनिक भत्ता दिने सहमति भएको छलफलमा सहभागी एक अधिकारीले बताए ।

सरकारले संक्रमणविरुद्ध प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाई सतप्रतिशत तथा उनीहरूलाई सहयोग गर्ने प्राविधिक टोलीलाई तलबको ७५ प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय गरिसकेको छ । प्रहरी मुख्यालय स्रोतका अनुसार भत्ता नपाउँदा सुरक्षाकर्मीको मनोबल घट्ने भन्दै आइजिपी ज्ञवालीले संक्रमण नियन्त्रणमा खटिने प्रहरीका लागि समेत भत्ता उपलब्ध गराउन गृह मन्त्रालयसँग पटक–पटक आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>