Breaking News
चितवनको सरस फुड इन्डस्ट्रीजमा आगलागी,नियन्त्रण गर्न पाँच दमकल प्रयोग
०

चितवन,चैत १८-
चितवनको सरस फुड इन्डस्ट्रीजमा आगलागी भएको छ। भरतपुर महानगरपालिका ४ लंकु स्थित धारापानी चोक नजिक रहेको इन्डस्ट्रीजमा बिहान करिब पौने ५ बजेबाट बिजुली सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले पाँच वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।
आगो नियन्त्रणका लागि नेपाली सेना , सशस्त्र प्रहरीबल , नेपाल प्रहरी समेत खटिएका छन् । इन्डस्ट्रीजका सञ्चालक रेखा अग्रवालका अनुसार आगलागीबाट कुनै मानवीय क्षती भएको छैन् । अग्रवालले उद्योगमा करोडौँको क्षती भएको दावि गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























