चितवन विशेष
लकडाउनमा खटिने सुरक्षाकर्मीलाई मारवाडी युवाहरुले दिए खाजा
०

चितवन, चैत १७–
कोरोना भाइरस (कोभिड–१९) कारण देश अहिले लकडाउन छ । बजार बन्द छन् सडक सुनसान छ । तर यही सडकमा दिनरात खटिरहेका छन् सुरक्षाकर्मीहरु ।
यही अवस्थालाई मध्यनजर गर्दै सडकमा खटिने सुरक्षाकर्मीका लागि मारवाडी युवा मञ्च नारायणगढ र मारवाडी सेवा केन्द्र नारायणगढले संयुक्त रुपमा खाजा सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालयमै पुगेर युवाहरुले दालमोट, भुजा, बिस्कुटलगायतका खाद्यान्न सामग्री सहयोग गरेको मारवाडी युवा मञ्चका सचिव राजु चौधरीले जानकारी दिए ।
खाद्यान्न सामग्री हस्तान्तरणका लागि मारवाडी सेवा केन्द्र नारायणगढका अध्यक्ष दुलिचन्द डाहा र मारवाडी युवा मञ्च नारायणगढका अध्यक्ष पंकज गोयल उपस्थित थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















