Breaking News

वाग्मती प्रदेश विपत् व्यवस्थापन कोषमा ५० करोड, हरेक स्थानिय तहलाई रकम विनियोजन

Banner

हेटौंडा,चैत १७-

वाग्मती प्रदेश सरकारले प्रदेश विपत् व्यवस्थापन कोषमा रु ५० करोड रकम विनियोजित गर्ने निर्णय गरको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वाग्मती प्रदेशमा कोरोना भाइरस प्रकोपलाई नियन्त्रण गर्ने उद्देश्यले गठन गरिएको वाग्मती प्रदेश विपत् व्यवस्थापन कोषमा रु ५० करोड रकम विनियोजित गर्ने निर्णय गरको हो ।

उक्त बैठकले कोरोना भाइरस प्रकोपलाई स्थानीय तहमा नियन्त्रण गर्ने प्रयासका लागि स्थानीय विपत् व्यवस्थापन कोष स्थापना गर्न प्रदेश सरकारबाट अनुदान रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ । उक्त बैठकले काठमाडौँ ललितपुर, भरतपुर महानगरपालिकालाई रु २० लाख हेटौँडा उपमहानगरपालिकालाई रु १५ लाख, ४१ वटा नगरपालिकाहरुलाई क्रमशः रु १२ लाख र ७४ वटा गाउँपालिकालाई क्रमशः रु १० लाख दिने निर्णय पनि गरिएको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार जेएन थपलियाले जानकारी दिनुभयो ।

सोही बैठकले प्रदेशको ६६ निर्वाचन क्षेत्रका ११९ स्थानीय तहमा दैनिक ज्यालादारी गरी जीवन धान्ने सर्वसाधारणलाई स्थानीय तहमार्फत् गुजारा टार्ने रकम उपलब्ध गराउन एकीकृत अनुगमन टोली गठन गरी त्यसमार्फत परिचालन गर्नेसमेत निर्णय गरेको थपलियाले बताउनुभयो ।

यसैगरी बैठकले कोरोना भाइरस नियन्त्रण गर्ने प्रयाससम्बन्धी भइरहेका प्रयासको २४सै घण्टा सूचना अपडेट डेस्क स्थापना गर्न सामाजिक विकासमन्त्री युवराज दुलाललाई जिम्मेवारी दिइनेसमेत निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>