Breaking News
सरकारले सात वटै प्रदेशमा पुर्यायो कोरोना नियन्त्रण गर्न चाहिने सामग्री
०

काठमाडौं,चैत १७-
सरकारले कोरोना नियन्त्रण गर्न चीनबाट ल्याएको सामग्री सात वटै प्रदेशमा वितरण गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठकाअनुसार कर्णाली प्रदेशको सुर्खेतमा सेनाको हेलिकप्टरमार्फत सामग्री पुगिसकेको छ । यही हेलिकप्टरले सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि सामान लैजाँदै छ ।
कर्णाली र सुदूरपश्चिमबाहेक हेलिकप्टरमार्फत विराटनगरमा पनि सामान गइसकेको मन्त्रालयले जनाएको छ । अन्य प्रदेशमा पनि स्थलमार्ग भएर सामान लिएर गाडी छुटिसकेका छन् । सरकारले सातै प्रदेशमा ल्याब सञ्चालन गरेर त्यही कोभिड–१९ को परीक्षण गर्ने तयारी गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























