Breaking News

लकडाउनको सातौं दिन : बिहानै काठमाडौंबाट ६ सय जना पक्राउ, ८४ वटा सवारी साधन नियन्त्रणमा

Banner

काठमाडौं, चैत, १७-

कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्ने काठमाडौंबाट मात्र ६ सय ५४ जना पक्राउ परेका छन् । त्यस्तै प्रहरीले उपत्यकाभित्र मात्रै ८४ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको छ ।

लकडाउनको सातौं दिन (आज) बिहानै सडकमा निस्कनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै ललितपुरबाट ६८ जना र भक्तपुरबाट १८ जनालाई लकडाउन अवज्ञा गरेकोमा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका डिआइजी विश्वराज पोख्रेलले बताए । उनले भने,’आजबाट सडकमा निस्कनेलाई तीन घण्टा सडकमै राखिन्छ। अस्तिसम्म केहीबेर राखेर सम्झाइ बुझाइ गरेका थियौं । तर अब कारवाही नै गर्नुपर्ने देखियो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>