Breaking News

विदेशबाट आएकाहरु क्‍वारेन्टाइनमा नबसे प्रहरीले पक्राउ गरेर कारवाही गर्ने

Banner

काठमाडौं,चैत १६-

सरकारले विदेशबाट आएकाहरु क्‍वारेन्टाइनमा नबसेको पाइएमा पक्राउ गरी कारवाही थाल्ने भएको छ। कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको आइतवार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय लिएको हो। बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले विदेशबाट आएकाहरु सरकारलाई खबर नगरी लुकेमा, क्‍वारेन्टाइनमा नबसेमा पक्राउ गरी कारवाही चलाइने जानकारी दिए।

बैठकले सरकारले तोकेको मापदण्डअनुरुप क्‍वारेन्टाइन निर्माण गरि व्यवस्थित ढंगले सञ्चालन गर्न प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने पनि निर्णय गरेको छ। संक्रमति व्यक्ति आएर सूचना नदिने, क्‍वारेन्टाइनबाट भाग्‍ने, लुकेर बस्‍ने गरेको देखिएको छु, बिडारीले भने, बोलाउँदा पनि सम्पर्कमा नआउनेलाई संक्रमण रोग ऐन बमोजिम कैद सजाय गर्न गृहप्रशासनलाई निर्देशन दिइएको छ। उनले क्‍वारेन्टाइनमा बसेकाहरु भाग्‍ने, विदेशबाट आएर पनि क्‍वारेन्टाइनमा नबस्‍ने, सम्पर्कमा आउन गरेको अनुरोध अटेरी गरी समूहमा घुमफिर गर्ने क्रम बढेपछि त्यस्ता व्यक्तिविरुद्ध सरकार कडा ढंगले प्रस्तुत हुने निर्णय भएको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>