Breaking News

लकडाउनले जनतालाई असुविधा भएको भन्दै मोदीले मागे माफी

Banner

काठमाडौँ,चैत १६-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा तीन साताका लागि लगाइएको लकडाउनका कारण जनतामा पुगेको असुविधाप्रति माफी मागेका छन्। भारतमा मंगलबारदेखि तीन साताका लागि लकडाउन चलिरहेको छ। आइतबार रेडियो कार्यक्रम ‘मन की बात’मा जनतालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले लकडाउनको कारण गरिबहरुमा परेको असुविधाप्रति क्षमायाचना व्यक्त गरे।

उनले भने, ‘सबै जनतालाई सुरक्षित राख्न नचाहेरै पनि यस्तो निर्णय गर्नुपर्‍यो, कोरोना भाइरसबिरुद्धको लडायँमा यसको कुनै विकल्प थिएन।’ उनले अहिलेको संकटमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>