Breaking News
कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ हजार नजिक, एकै दिन ३५ सय बढीको मृत्यु
०

एजेन्सी,चैत १६-
कोरोना संक्रमणबाट एकै दिन ३५ सय भन्दा बढीले ज्यान गुमाएका छन्। विगत २४ घण्टामा विश्वभर ज्यान गुमाउनेको संख्या ३५ सय ७ जना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
सबै भन्दा धेरै इटालीमा एकै दिन आठ सय ८९ जनाको मृत्यु भएको छ। स्पेनमा एकै दिन ८ सय ४४ जना मृतक थपिएका छन्। हालसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार ३ पुगेको छ भने स्पेनमा पाँच हजार ९ सय ४७ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा ५ सय १५ थपिएर मृतकको संख्या २ सय १२ पुगेको छ अमेरिकामा संक्रमितको संख्या एक लाख २३ हजार ४ सय २८ पुगेको छ। यो सँगै विश्वभरमा ज्यान गुमाउनेको संख्या ३० हजार ८ सय ५१ पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























