चितवन विशेष

कोरोना संक्रमित युवतीसंगै आएका चितवनका तीन जनाको कोरोना रिपोर्ट नेगेटिभ

०
Banner

चितवन, चैत १५–

कतार एयरवेजबाट आएकी कोराना सक्रमित युवतीसंगै आएका चितवनका तीन जनामा कोरोना भाइरस (कोभिड–१९) रिपोर्ट नेगेटिभ आएको छ । भरतपुर कोरोना विशेष अस्पतालले पठाएको नमुना आज टेक प्रयोगशालामा परीक्षण हुँदा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए ।

कोरोना संक्रमित युवतीसंगै एउटै जहाजमा आएका भरतपुर महानगरपालिका–८ का भुवन कोइराला, उनकी श्रीमती सञ्जु कोइराला र भतपुरका सुरेश गुरुङको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको डा.अधिकारीले जानकारी दिए । चितवन प्रशासनको आग्रहमा उनीहरु कोरोना अस्पताल पुगेका थिए । यस्तै उनीहरुसंगै आएका अन्य दुई जनाको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी रहेको अस्पतालका प्रवक्ता डा.अधिकारीले बताए ।

डा.अधिकारीका अनुसार यस अस्पतालबाट नमुना पठाइएका मध्ये अन्य पाँच जनाको रिपोर्ट समेत नेगेटिभ आएको छ । डा.अधिकारीले भने–‘११ जनाको नमुना परीक्षणका लागि काठमाडौं पठाएका थियौं, ती मध्ये ८ जनाको नेगेटिभ आएको छ, अन्य तीन जनाको आउन बाँकी छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>