Breaking News

कांग्रेसको सुझाव उपयोगी र सान्दर्भिक छ, हामी कार्यान्वयन गर्छौंः उपप्रधानमन्त्री

Banner

काठमाडौं,चैत १५ –

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ र सहयोगले सरकारलाई कोरोनो भाइरसविरुद्धको अभियानमा उर्जा मिलेको बताएका छन् । कांग्रेस संसदीय दलका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणले शुक्रबार सरकारलाई बुझाएको १७ बुँदे सुझाव उपयोगी भएको उपप्रधानमन्त्री पोखरेलले बताए।

सरकारद्धारा गठित नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले शनिबार सुझाव कार्यान्वयन गर्ने जानकारी गराएको कांग्रेस प्रमुख सचेतक खाणले बताए। उनले भने, ‘उहाँले उक्त ज्ञापन पत्रबारे सरकार गम्भीर रहेको र कांग्रेसबाट प्राप्त सुझावहरु उपयोगी र सान्दर्भिकसमेत रहेको बताउनुभयो । साथै कांग्रेसको साथ एवं सहयोगले सरकारलाई थप उर्जाका साथै आत्माबल दिएको बताउनुभयो ।’ उपप्रधानमन्त्री पोखरेलले शनिबार दिउँसो प्रमुख सचेतक खाणलाई टेलिफोनमार्फत सुझावका लागि धन्यवाद दिएका हुन्।

प्रमुख सचेतक खाणले कांग्रेसकातर्फबाट शुक्रबार उपप्रधानमन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्रमा सरकारलाई कोरोनाको सम्भावित संक्रमण फैलिन नदिन र जोखिम नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्न सुझाव दिइएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>