मकवानपुर

प्रदेशसभा सदस्यहरुलाई कोभिड–१९ नियन्त्रणका लागि लाग्न मुख्यमन्त्रीको आग्रह

Banner

हेटौंडा,चैत १५-

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोभिड–१९ नियन्त्रणका लागि प्रदेशसभा सदस्यहरुलाई समेत लाग्न आग्रह गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले कोरोना नियन्त्रणका लागि आफू मातहतका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसँग समन्वय गरी पछिल्लो समय भारतलगायत अन्य देशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरी आवश्यक कामकार्वाही गर्ने कामको नेतृत्व गर्न प्रदेशसभा सदस्यहरुलाई अनुरोध गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

“मुख्यमन्त्रीज्यूले कोभिड– १९ नियन्त्रणका लागि वाग्मती प्रदेशका प्रदेशसभा सदस्यलाई आफू मातहतका स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरुसँग समन्वय गरी पछिल्लो समयमा भारतलगायत अन्य देशबाट उक्त स्थानीय तहमा आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरी आवश्यक कामकार्वाही गर्नुहुन तथा प्रदेशको कोभिड नियन्त्रण उच्चस्तरीय समन्वय समिति एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कर्यालयमा जानकारी गराउनु हुन अनुरोध गर्नुभएको छ”, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले भन्नुभयो ।

उहाँका अनुसार मुख्यमन्त्रीले सम्पूर्ण स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यलाई आफ्नो गाउँटोलमा भारतलगायत विदेशबाट भर्खर आएकाको तथ्याङ्क सङ्कलन गरी उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेकाको समेत अवस्था, स्वास्थ्य स्थिति आदिको लगत लिई प्रत्यक्ष अनुगमन, निर्देशन तथा सरसहयोग गरिदिन तथा त्यसको अभिलेख आफ्ना क्षेत्रको प्रदेशसभा सदस्यलाई उपलब्ध गराउनसमेत अनुरोध गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले विषम परिस्थितिको मौका लिई कालाबजारी गर्नेहरुको समेत पहिचान गरी प्रदेशको उच्चस्तरीय बजार अनुगमन समितिलाई खबर गर्नसमेत अनुरोध गर्नुभएको जनाइएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>