Breaking News

भरतपुर अस्पताल र कोरोना अस्पतालको व्यवस्थापन समायोजन,एकद्धार प्रणालिबाट काम हुने

Banner

चितवन,चैत १५-

प्रदेश सभासदस्य विजय सुवेदीको संयोजकत्वमा १५ सदस्यीय ‘कोरोना प्रकोप विरुद्ध जिल्लास्तरीय व्यवस्थापन समिति’ गठन गरिएको छ । जिल्लाका जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख र सरोकारवालाको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।

समितिको सदस्यमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष यमबहादुर परियार र नेपाली काङ्ग्रेसका सभापति जीतनारायण श्रेष्ठ रहनु भएको छ ।

समितिका सदस्यमा जिल्लामा रहेका मेडिकल कलेजका प्रमुख, नीजि अस्पताल समन्वय समितिका अध्यक्ष, नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष, भरतपुर महानगरपालिकाका स्वास्थ्य विज्ञ, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र उद्योग सङ्घका अध्यक्ष रहनुभएको छ । समितिको आमन्त्रित सदस्यमा जिल्लाका सबै नगरपालिका र गाउँपालिका प्रमुख एवं जिल्ला प्र्रहरी कार्यालयका प्रमुख हुुनुहन्छ ।

समितिको सल्लाहकार संयोजकमा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोख्रेल र सहसंयोजकमा प्रदेशसभा सदस्य घनश्याम दाहाल रहनु भएको छ । यसैगरी सल्लाहाकार समितिका सदस्यमा जिल्लाका प्रदेश सभा सदस्य रहनुभएको छ । भेलाले समिति गठन गरेसँगै यस अघि गठन भएको भरतपुर कोरोना नियन्त्रण कार्यदललाई विघटन गरेको छ ।

भेलाले सो कार्यदलले सञ्चालन गरेको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पतालको व्यवस्थापन भरतपुर अस्पतालको व्यवस्थापनमा समायोजन गर्ने निर्णय गरेको समितिका संयोजक सुवेदीले जानकारी दिनुभयो । भेलाले नेपाल सरकार समक्ष जिल्लामानै कोरोना परीक्षण र आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको छ ।

संयोजक सुवेदीले यस समितिले स्वास्थ्यसँगै मानवीय संवेदनशीलतालाई ध्यानदिँदै गर्दै एकद्धार प्रणालिबाट सम्भावित कोरोना भाइरसको जाखिम व्यवस्थापन गर्न जुट्ने बताउनुभयो । उहाँले स्थानीय तह ,प्रदेश र सङघसँग समन्वय गरेर काम गर्ने जानकारी दिनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>