चितवन विशेष

भरतपुर कोरोना अस्पताललाई राउण्ड टेबलले दियो पीपीई

Banner

चितवन, चैत १४–

युवा व्यवसायी तथा पेशाकर्मीहरुको संस्था राउण्ड टेबल–१४ नारायणगढले आज (शुक्रबार) भरतपुर कोराना विशेष (अस्थायी) अस्पताललाई विभिन्न सुरक्षा सामग्री सहयोग गरेको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि उपचारमा खटिँदा अत्यावश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एन–९५ मास्क र स्यानिटाइजर सहयोग गरिएको हो । कोरोना आशंकित बिरामीहरुलाई उपचारका लागि स्थापना गरिएको अस्पतालका लागि १० सेट उच्च गुणस्तरको पीपीई र मास्कको साथै ३ लिटर ह्याण्ड स्यानिटाइजर दिइएको राउण्ड टेबल–१४ का प्रोजेक्ट कन्भेनर डा. सन्दीप गर्गले जानकारी दिए ।

सो क्रममा राउण्ड टेबल–१४ का अध्यक्ष विकास बर्माले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरे । कोरोनाविरुद्ध सामूहिकरुपमा लड्नका लागि आफूहरुले सहयोग गरेको बर्माले बताए । आगामी दिनमा अझै यस्तै सहकार्य गरेर अघि बढ्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>