Breaking News

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे चीनको प्रशंसा, मिलेर काम गर्ने उद्घोष

Banner

काठमाडौं, चैत १४-

कोरोना भाइरसको संक्रमणमा परेका संसारका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोनमा कुराकानी भएको छ ।

ट्रेड वार हुँदै कोरोना वारमा जुधिरहेका चीन र अमेरिका कोभिड-१९ विरुद्ध एकापसमा मिलेर काम गर्ने भएका छन् । दुई देशका नेताहरु शुक्रवार टेलिफोन वार्ता गर्दै यस विषयमा सहमत भएका हुन् ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले चिनियाँ राष्ट्रपति सि जिङफिन र अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच जी २० भर्चुअल समिटपछि टेलिफोन वार्ता भएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि राष्ट्रपति सीसँग असल संवाद भएको बताएका छन् । कोरोना भाइरसविरुद्धको लडाईंका विषयमा छलफल भएको र चीनले भाइरसविरुद्ध बलियो बुझाइ राखेको भन्दै ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘हामी नजिक रहेर एकसाथ काम गर्दैछौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>