चितवन विशेष

कोरोना प्रभावः चितवनका दुई मनकारी युवा, जसले सहयोग गरे डेढ लाखको अण्डा

०
Banner

चितवन, चैत १३–

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले नेपालमा चैत ११ गतेदेखि ‘लकडाउन’ भएपछि विभिन्न आश्रयस्थल, दैनिक काम गरेर छाकटार्ने परिवारको अवस्था के होला भन्ने ? भन्ने जिज्ञासा धेरैको छ । यही विपद्को बेलामा मनकारी युवाहरु पनि छन् भन्ने प्रमाण पूर्वीचितवनको दुई युवाले पेश गरेका छन् ।

मेरो पोल्ट्री एण्ड विडिङ प्रा.लि. र मुक्ती एग्रो प्रोडक प्रा.लि.का संचालकद्धय राजेश अधिकारी र निराजन लामिछानेले पूर्वीचितवनका विभिन्न आश्रयस्थल र दैनिक काम गरेर छाक टार्ने परिवारहरुलाई अण्डा वितरण गरेका छन् । आज (बिहीबार) घरघरै पुगेर दुई युवाले नेतृत्व गर्दै अण्डा वितरण गरेका हुन् । ती परिवार र आश्रयस्थललाई एक लाख ७५ हजार ६९० रुपैयाँ बराबरको अण्डा वितरण गरेको संचालक राजेश अधिकारीले जानकारी दिए ।

उनीहरुले खैरहनी नगरपालिका–२ साझा फूलबारी टोलका विपन्न परिवार, रत्ननगर–१० मा रहेको गामबेसी चेपाङ संरक्षण केन्द्र, इलाका प्रहरी कार्यालय खैरहनी र इलाका प्रहरी कार्यालय रत्ननगरलाई समेत अण्डा वितरण गरेका छन् । संचालक अधिकारीले भने–‘यस्तो विषम परिस्थितिमा सानो भएपनि सहयोग गर्ने कोसिस गरेका हौं, प्रहरी जवानहरु पनि दिनरात नभनी खटिरहनु भएकाले प्रहरीहरुलाई पनि सहयोग गर्‍यौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>