Breaking News

चितवनमा लकडाउन उल्लंघन गर्ने २२३ सवारी नियन्त्रणमा, अटेर गर्ने ३० जनाले जरिवाना तिरे

Banner

चितवन, चैत १२-

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण गर्न ‘लकडाउन’ घोषणा गरे पनि अझै कतिपयले निर्णय उल्लंघन गर्दै हिडेका छन् । लकडाउनको दोस्रो दिन आज सबैभन्दा धेरै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले मातहतका इकाइबाट २२३ वटा सवारीलाई नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गर्नेमा सबैभन्दा धेरै मोटरसाइकल रहेको छ । प्रहरीले आज एकैदिन १८३ वटा मोटरसाइकललाई नियन्त्रणमा लियो । यस्तै स्कुटी २४, कार २, बलेरो २, म्याजिक १, अटो ६, ट्याक्टर ३ र ट्रक ६ वटा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । उनले आज पहिलो पटक भन्दै सम्झाई बुझाई छोडिएको जानकारी दिए ।

यस्तै जबरजस्ती लकडाउन उल्लंघन गर्ने ३० जनालाई जिल्ला प्रशासन कार्यालय चितवनले कारवाही गरेको छ । कारवाही भोग्नेमा २९ जना पुरुष र एक महिला रहेका छन् । उनीहरुलाई प्रशासनले जनही एक हजार रुपैयाँ जरिवाना तिराएर छोडेको छ ।

यस्तै प्रहरीले आज घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काएको छ । अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन प्रशासनले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>