चितवन विशेष

कोरोना संक्रमितसंगै आएका पाँच जना भरतपुर कोरोना अस्पतालमा

Banner

चितवन, चैत १२–

केहीदिन अघि फ्रान्सबाट कतार एयरवेज हुँदै नेपाल आएकी एक युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि उनीसंगै आएका चितवनका पाँच जना आज (बुधबार) भरतपुर कोरोना अस्पतालको सम्पर्कमा आएका छन् ।

सम्पर्कमा आएकाहरुमा सुरेश गुरुङ, बुद्धिराज कोइराला, सञ्जु कँडेल कोइराला, शम्भु नेपाली र पार्वती नेपाली रहेको भरतपुर कोरोना अस्पतालले जनाएको छ । उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>