चितवन विशेष

भरतपुर कोरोना विशेष अस्पतालले माग्यो स्वास्थ्यकर्मी, भोलि साँझसम्म सम्पर्कमा आउन आग्रह

०
Banner

चितवन, चैत १२–

कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्नका लागि चितवनको भरतपुरमा बनेको कोरोना विशेष अस्पताल (अस्थाई)ले स्वास्थ्यकर्मी माग गरेको छ ।

अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीद्धारा जारी सूचनामा कोरोना भाइरस संक्रमितको उपचार गर्न केही स्वास्थ्यकर्मी माग गरेको हो ।

उक्त अस्पतालले चिकित्सक, नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफर सहितको स्वास्थ्यकर्मी माग गरेको हो । जसका लागि चैत १३ गते साँझ ५ बजेसम्म सम्पर्कमा आउन अस्पतालले आग्रह गरेको छ । आवेदकहरुको अन्तर्वार्ता चैत १४ गते बिहान १० बजेबाट अस्पतालमा नै हुने सूचनामा उल्लेख छ । स्वास्थ्यकर्मी छनौट प्रक्रिया अन्तरवार्ता मात्रै राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>