Breaking News

कोरोनाको महामारीः मजदूरलाई केजरीवाल सरकारले पाँच–पाँच हजार दिने

Banner

दिल्ली,चैत १२-

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा निर्माणको काम गर्ने सबै मजदूरलाई पाँच–पाँच हजार दिने घोषणा गरेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार कोरोना भाइरसको संक्रमणपछिको अवस्थामा मजदुरको दैनिकी प्रभावित बनेपछि केजरीवाल सरकारले यस्तो घोषणा गरेको हो ।

केजरीवालले भने, ‘यो बेला मजदूरको रोजी–रोटी गुमेको छ। सबै दैनिक ज्यालादारीका मजदूर थिए । निमार्णको काम गर्ने सबै मजदुरलाई पाँच–पाँच हजार दिइने छ ।’ केजरीवालले भने, ‘ म सम्झन सक्छु कि तपाईँहरुलाई धेरै समस्या भइरहेको छ । सरकार जनताको दुःखमा केही हदसम्म भए पनि राहत दिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>