Breaking News
कोरोनाको सुरुवात भएको चीनको वुहान शहर सामान्य जीवनमा फर्किँदै
०

एजेन्सी,चैत १२-
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण सबैभन्दा पहिलोपटक देखिएको चीनको वुहान शहर सामान्य जीवनमा फर्किने तयारीमा छ । विश्वका अरु क्षेत्रमा संक्रमण तीव्र गतिमा फैलिरहेका बेला वुहान शहर भने महामारीको चोटबाट निको हुने क्रममा देखिएको हो । गएको डिसेम्बरमा हुबेई प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको संक्रमण फैलिन सुरु भएको थियो ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित मध्ये एक वुहान शहर लामो समयदेखि लकडाउन छ । तर आउँदो अप्रिल ८ देखि वुहानको लकडाउन आंशिक रुपमा फुकुवा हुने सरकारी अधिकारीले बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























