Breaking News
कोरोनाबाट मृत्यु हुने १७ हजार नाघे, करिब ४ लाख संक्रमित
०

एजेन्सी,चैत ११-
कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १७ हजार नाघेको छ। मंगलबार अपरान्हसम्म १७ हजार एक सय ३८ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन्। मंगलबार स्पेनमा कम्तिमा ३ सय ८५ जनाको मृत्यु भएको छ। इरानमा एक सय २२, अमेरिकामा २९, बेल्जियममा ३४, चीनमा सातसहित ६ सय ३१ जनाले ज्यान गुमाएका छन्।
हालसम्म विश्वभर तीन लाख ९२ हजार एक सय ६९ जना संक्रमित भएकामा एक लाख २ हजार निको भएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























