Breaking News

सीमामा अलपत्र परेका नेपालीलाई सम्बन्धित जिल्लामा पठाउने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय

Banner

धनगढी,  चैत ११–

सुदूरपश्चिम प्रदेश सरकारले सीमामा अलपत्र परेका नेपालीहरुलाई सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको सम्पन्न बैठकले त्रिनगर नाकाको दशगजा क्षेत्रमा रोकिएका नेपालीहरुको लगत संकलन गरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मामा पठाउने निर्णय गरेको हो ।

पत्रकार सम्मेलन गर्दै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले दशगजामा रहेका नेपालीहरुलाई आ–आफ्नो स्थानमा पुर्‍याउन प्रदेश सरकारले बसको व्यवस्था गर्ने जानकारी दिए ।

उनले भने, ‘उनीहरुलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मा लगाइने छ। प्रजिअ तथा सम्बन्धित स्थानीय तहहरुले नै आफ्नो क्षेत्रमा आइसोलेसनमा राख्ने छन् ।’

नाकामा भारतको बैंगलोर, मुम्बई, दिल्ली लगायतका स्थानमा काम गरिरहेका नेपालीहरु सोमबारदेखि अल्पत्र अवस्थामा रहेका छन् । अहिले पनि भारतका अन्य स्थानमा यस क्षेत्रका नेपालीहरु आउने क्रम जारी रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>