Breaking News
चितवनका जनताले अझै टेरेनन् लकडाउन, प्रशासन भन्छः बाहिर निस्किए कारवाही गर्छौ
०

चितवन, चैत ११–
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले आज (मंगलबार)देखि लकडाउनको घोषणा गरे पनि चितवनमा पनि अझै अवज्ञा गरिएको देखिएको छ । मूख्य राजमार्गमा साना सवारी साधन अझै पनि चलिरहेका छन् । मानिसहरु पनि हिडडुल गर्न अझै रोकिएका छैनन् ।
यता प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अटेर गरी लकडाउनको उल्लंघन गरे कारवाही गर्ने बताए । उनले नारायणी अनलाइनसंग भने–‘हामीले घरभित्रमै बस्न सार्वजनिक अपिल गरेका छौं, जबरजस्ती गरे कडा कारवाही गर्छौं ।’ उनले अति आवश्यक कामका लागि पास जारी गरेको भन्दै अतिआवश्यक बाहेक हिड्दै नहिडड्न आग्रह गर्छौ ।
यस्तै चितवनका प्रहरी उपरीक्षक नान्तिराज गुरुङले बजार क्षेत्रमा मानिस बाहिर निस्कन नदिन ३०० प्रहरी परिचालन गरिएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























