चितवन विशेष
चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु,एक घाइते

चितवन,चैत ११-
चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ । गयराती भरतपुर महानगरपालिका ७ विकास चोकस्थित भित्री सडकमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
चौविसकोठीबाट गितानगरतर्फ जाँदै गरको प्रदेश नं. ३–०३००३ प १६३४ नम्वरको मोटरसाइकलले पैदलयात्री भरतपुर महानगरपालिका ७ विकासचोकका बुद्धीराम सापकोटालाई ठक्कर दिएको हो । घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल चालक भरतपुर १४ सुन्दरबस्ती बस्ने २१ बर्षिय सबिन आचार्य पनि घाइते छन् । उनको भरतपुर अस्पतालमै उपचार भइरहेको छ ।
यस्तै गयराती नै भरतपुर १० त्रिचोकमा नम्वर नखुलेको स्कारपियोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । धादिङ घरभई हाल भरतपुर १० बस्ने ४० बर्षिय साजन तामाङको ठक्करबाट मृत्यु भएको हो । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । फरार गाडी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
























