Breaking News

आजदेखि नेपाल लकडाउन, घरबाहिर ननिस्कन निर्देशन,देशैभरि प्रहरी परिचालन

Banner

काठमाण्डौ,चैत ११ –

सरकारको हिजोको निर्णय अनुसार आजदेखि पूरै देश लकडाउन भएको छ । कोरोना नियन्त्रण उच्चस्तरीय समितिको हिजोको बैठकले आज बिहान ६ बजेदेखि देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने निर्णय अनुसार बिहानैदेखि लकडाउन सुरु भएको हो ।

सरकारले कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन दिएको छ । सरकारको निर्देशन अनुसार केहीबेरमा देशैभरि प्रहरी पनि परिचालनको तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सुरक्षा निकाय र एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चल्न पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>